Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेविसंघको खबरदारी - भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई चोख्याउने काम नहोस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको ढाकछोप र उनीहरूलाई चोख्याउने काम नगर्न आग्रह गरेको छ ।

अनुसन्धानमा सबैले सघाउनुपर्ने र कुनै दबाब तथा प्रभावमा अनुसन्धान प्रभावित हुन नहुने नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज निकालेको विज्ञप्तिमा आग्रह गरिएको हो ।

नेविसंघले बुधबार बेलुकी विज्ञप्ति जारी गरेर प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुंगोमा पुग्नै पर्नेमा जोड दिएको छ।

‘अनुसन्धानमा सघाउनु सबैको कर्तत्य हो। कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुनु हुँदैन,’ अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुंगोमा पुग्नै पर्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077