Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पूर्वगृहमन्त्री खाँणलाई राखियो टेकु प्रहरीको हिरासतमा

    पूर्वगृहमन्त्री खाँणलाई राखियो टेकु प्रहरीको हिरासतमा

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 699
    SHARES

    काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । नक्कली शरणार्थी प्रकरणमा बुधबार बिहान पक्राउ परेका खाँणलाई टेकुको हिरासतमा राखिएको हो ।

    जिल्ला अदालत काठमाडौंले अनुसन्धान गर्न तीन दिनको म्याद दिएपछि उनलाई हिरासतमा राख्न बाटो खुलेको थियो । त्यसपछि प्रहरीले खाणलाई अहिले टेकु प्रहरीको हिरासतमा राखेको बताइएको छ ।



    खाँणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको थियो । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् ।



    उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् । खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या १२ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार