Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कांग्रेस पदाधिकारी बैठकमा उठ्यो पूर्वगृहमन्त्री खाँणलाई निलम्बन गर्नुपर्ने माग

    कांग्रेस पदाधिकारी बैठकमा उठ्यो पूर्वगृहमन्त्री खाँणलाई निलम्बन गर्नुपर्ने माग

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 912
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ ।

    बुधबार खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएको बैठकमा खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज उठेको हो ।



    छलफलका क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने विषय उठेको बताइएको छ ।



    बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाण पक्राउ परिसेको अवस्थामा पार्टीले निलम्बन गरेर जानुपर्ने अडान राखेका थिए ।

    देउवा निवास धुम्बाराहीमा आज अपराह्न ५ बजेदेखि ८ बजेसम्म चलेको छलफलमा खाँणले अनुसन्धानलाई सहयोग गरिरहेकोले उनीबारे थप निर्णय अनुसन्धान परिपक्क भएपछि गर्ने समझदारीसमेत बनेको छ ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्रीसमेत रहेका खाँण आज बिहान घरबाटै पक्राउ परेका थिए । उनलाई ४ दिन म्याद थपेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार