काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ ।
बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।
बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ । केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने एमालेको तयारी छ ।
केन्द्रीय कमिटी बैठक आजदेखि तीन दिन (३० गते) सम्म चल्ने एमालेले जनाएको छ । बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ ।