Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

एजेन्सी । पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ ।

खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको अदालतले ठहर गरेको हो ।

खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए । खानमाथि गएको अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए ।

खानले उपहार राज्यकोषमा दाखिला नगरी भ्रष्ट आचरणमा संलग्न रहेको अदालतको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077