Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा, आठ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि भड्किएको हिंसात्मक प्रदर्शनमा आठ जनाकाने मृत्यु भएको छ ।

खानको पार्टी तेहरिक ए इन्साफका समर्थक र प्रहरीबीच विभिन्न ठाउँमा झपड हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीले देशभरबाट १ हजार भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामावाद, पन्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पन्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान आफूमाथि लागेको भ्रष्टाचारको मुद्दामा इस्लामावाद उच्च अदालतमा हाजिर हुने क्रममा मंगलबार उनलाई अर्ध सैनिक बल रेञ्जर्स फोर्सले अदालतभित्रैबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077