Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देशको बिग्रँदो अर्थतन्त्रबारे ढाकछोप गर्ने प्रयास भयो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको बताएका छन् ।

बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार नै यस्तो काममा लागेको बताएका हुन् ।

अध्यक्ष ओलीले अर्थतन्त्र थप संकटमा परेको बेला सरकारले मुलुकको अर्थतन्त्रको वास्तविक अनुहार ढाकछोप गर्न खोजेको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘राज्यलाई ठगेर, कानुन मिलाएर वा छलेर विभिन्न ढङ्गले व्यक्तिहरूको हातमा राज्यको ढुकुटी हस्तान्तरण गर्ने भ्रष्ट व्यवहार, मूल्यमान्यता इथिक्स र नैतिकता अन्तर्गतको होइन । कानुन बमोजिम होइन, पारदर्शी होइन । अपारदर्शी, गैर कानुनी ठगी गर्ने र राज्यलाई गम्भीर नोक्सान गर्ने कामहरू भइरहेका छन् ।'

सरकारले रेमिट्यान्स बढेको, वैदेशिक मुद्राको संचिति बढ्यो भन्ने विषय सार्वजनिक गराएर वास्तविक अवस्थाको ढाकछोप गरेको ओलीको आरोप छ। एमाले अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अप्ठयारो र झन् संकटमा परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077