Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्नु भ्रष्टाचार हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लडाकु शिविरमा भएको हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्ने बताएका छन् । च्यासलमा बिहीबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो। जो सुकैले गरेको होस्। राज्यको अबौं हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्छ। खुट्टा नकमाउनुस्। किन खुट्टा कमाएर बस्नुहुन्छ ?’

अध्यक्ष ओलीले अर्थतन्त्रमा समस्या भएका बेला लडाकुलाई पैसा दिने निर्णय सरकारले गरेको बताए। लडाकु शिविरमा नभएका मानिसका नाममा पैसा बुझेको अवस्थासमेत रहेको ओलीले बताए।

ओलीले राज्यको ढुकुटी अनुचित ढंगले छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार नै भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077