Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कायस्थको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले बिहीबार शोक वक्तव्य जारी गर्दै कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सभापति देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, 'नेपालको दोस्रो जनआन्दोलनमा १४ वर्षकै उमेरमा लोकतन्त्र बहालीका लागि आफ्नो प्राण जोखिममा राखी होमिनु भएका “जिउँदा शहीद” मुकेश कायस्थको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।'

लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत मुकेशको बुधबार साँझ साढे ७ बजे उनको निधन भएको हो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077