Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीको नीति तथा योजना आयोग सदस्यमा अधिकारी

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सुवास अधिकारी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई आयोगको सदस्यमा नियुक्त गरेका हो ।

यसअघि कृष्णचन्द्र नेपाली पोखरेल र खगराज अधिकारी नेतृत्वको सरकारमा पनि आयोगको सदस्य रहेका अधिकारी माओवादी कोटाबाट सदस्य बनेका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोगको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटालाई यसअघि नै नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077