Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको प्रतिवेदन : माओवादीलाई अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले दिएको परमादेश गलत भएको बताएका छन्।

बिहीबारबाट सुरू भएको केन्द्रीय कमिटीको पाँचौं बैठकमा पेश गरेको आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीले यस्तो उल्लेख गरेका हुन् ।

ओलीले सर्वोच्च अदालतको परमादेशलाई सच्याउन पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको बताएका छन्।

ओलीले प्रतिवेदनमार्फत् भनेका छन् ‘माओवादी केन्द्रलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ऊ नेपाली कांग्रेससँग समर्पण गर्न पुग्यो। माओवादी केन्द्रबाट प्रदर्शित यस राजनीतिक बेइमानी, चरम अस्थिरता र नांगो अवसरवादले राष्ट्रिय राजनीतिलाई पुरानै विन्दुमा धकेलेको छ।’

त्यसले राजनीतिलाई गलत दिशातिर धकेलेको बताउँदै त्यसलाई सच्याउन माओवादी केन्द्रलगायत सात दलसँग गठबन्धन गरेको बताएका छन्। ओलीले माओवादी केन्द्रको राजनीतिक बेइमानी, अस्थिरता र अवसरबादले राष्ट्रिय राजनीतिलाई फेरि पुरानै बिन्दुमा धकेलेको निचोड प्रस्तुत गरेका छन् ।

माओवादी केन्द्र विभिन्न शक्ति केन्द्रहरूको प्रभावमा परेको समेत उनको आरोप छ । नयाँ सहकार्यलाई भत्काएर फेरि पुरानै गठबन्धन स्थापित गर्ने, नेपाललाई अन्त्यहीन अस्थिरतातर्फ धकेल्न चाहने एवं मुलुकलाई शक्ति राष्ट्रहरुको स्वार्थको क्रिडास्थल बनाउन प्रयासरत विभिन्न शक्ति केन्द्रको चलखेल बढेको ओलीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077