Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाका अध्यक्षमाथि आफ्नै कार्यकर्ताले प्रहार गरे बोतल

धनगढी । अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदमाथि आक्रमण भएको छ।

गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदमाथि नेविसंघका जिल्ला सभापति खेम खड्कासहितका दुई जनाले आक्रमण गरेका हुन्।

आफु गाडिमा रहेका बेला गाडि रोकेर उनीहरुले बोतल प्रहार गरेको गाउँपालिका अध्यक्ष साउँदले बताए ।

अध्यक्ष  साउँदले नेपाल विद्यार्थी संघका जिल्ला सभापति खेम खड्का र नरबहादुर खड्काले आक्रमण गरेको भन्दै भन्दै प्रहरीमा उजुरी दिएका छन्।

उनीहरु बिचमा पुरानो रिसिबीका कारण झगडा भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077