Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रेशम चौधरी लगायतलाई छुटाउन मिल्ने गरी केही नेपाल ऐन संशोधन विधेयक दर्ता

    रेशम चौधरी लगायतलाई छुटाउन मिल्ने गरी केही नेपाल ऐन संशोधन विधेयक दर्ता

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डमा अदालतबाट जन्मकैद ठहर भई जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई राजनीतिक आवरणमा छुटाउने गरी कानुन बनाउने तयारी गरेको छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले चौधरीको मुद्दा फिर्ता लिने गरी केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ ।



    यो विधेयकमार्फत सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा एउटा बुँदा थप गरेको छ ।



    जसअनुसार शान्तिपूर्ण राजनीतिमा आउन सम्झौता गरेका दल वा समूहका नेता कार्यकर्ता विरुद्ध चलेका मुद्दा फिर्ता लिन सक्ने उल्लेख छ ।

    थरुहट आन्दोलन र विप्लव समूहका कार्यकर्तालगायतको विभिन्न फौजदारी मुद्दाका सजाय फिर्ता लिने तयारीका लागि यो संशोधन विधेयक ल्याइएको स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार