Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकका सीईओलाई राष्ट्र बैंकको निर्देशन – ग्राहकको गुनासो सम्बोधन गर्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका ग्राहक तथा सेवाग्राहीको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन् ।

बिहीबार गभर्नर अधिकारीले वािणज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग छलफलमा सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

छलफलमा राष्ट्र बैंकको तर्फबाट निर्देशन किरण पण्डित तथा नेपाल बैंकर्स संघको तर्फबाट अध्यक्ष सुनिल केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

पछिल्लो समय वाणिज्य बैंकहरुले सेवाग्राही समस्या सम्बोधन नभएको भन्दै उजुरी आउन थालेको थिए । गुनासो बढ्दै जाँदा राष्ट्र बैंकले बैंकहरुका सीईओलाई बोलाएर समस्या सम्बोधन गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077