Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ ।

अदालतले पूर्वप्रधानमन्त्री खानलाई अवैध तरिकाले पक्राउ गरेको भन्दै उहाँलाई रिहा गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदालतल गरेको फैसला स्वीकार गर्नुपर्ने बताएको छ ।

भ्रष्टाचारसँग जोडिएको एक मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई अदालतले मङ्गलवार उहाँलाई अदालत परिसरबाट पक्राउ गरेको थियो ।

खानका वकिलले अवैध तरिकाले पक्राउ गरेको भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र हिंसात्मक झडपको शृंखला सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077