Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : यशस्वीको कीर्तिमानी ब्याटिङप्रेरित राजस्थानको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १५० रनको लक्ष्य राजस्थानले १३ ओभर १ बलमा भेट्टायो ।

राजस्थानका यशस्वी जैशवाल ९८ रनमा अविजित रहे । उनले १३ बलमै अर्धशतक पूरा गरेका थिए । त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।

जितसँगै राजस्थान १२ खेलमा १२ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता १२ खेलमा १० अङ्कका साथ सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077