Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पूर्वगृहमन्त्री खाँणको मोबाइल पनि ‘फर्म्याट’, रिकभर गरिँदै

    पूर्वगृहमन्त्री खाँणको मोबाइल पनि ‘फर्म्याट’, रिकभर गरिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 960
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको मोबाइल रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको छ ।

    प्रहरी स्रोतका अनुसार खाँण पक्राउसँगै बरामद भएको मोबाइल फर्म्याट गरेको पाइएपछि रिकभरका लागि प्रयोगशालामा पठाइएको हो ।



    उनले को कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले ह्वाट्सएपमा गरेको कुराकानी देखिएको तर खाँणको मोबाइलमा नदेखिएपछि उनको पनि मोबाइल फर्म्याट भएको खुलेको छ ।



    यस्तै २० वैशाखमा पक्राउ परेका गृह मन्त्रालयका पूर्वसचिव टेकनाराण पाण्डेले तथ्य खुल्ने डरले मोबाइल ‘फर्म्याट’ गरेका थिए । पछि प्रहरीले उनको मोबाइलको ‘डेटा रिकभर’ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार