Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्राइडे रिलिज : हलमा लाग्याे हल्कारा

काठमाडौं । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको नेपाली फिल्म ‘हल्कारा’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना समेटिएको छ ।

महेश त्रिपाठी र बिनीता थापा मगरको मुख्य भूमिका रहेको ‘हल्कार’ लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् ।

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

फिल्ममा महेश र विनीताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077