Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा भएका छन् ।

मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार भएका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई)प्रमुख खान बिहीबार रिहा भएका हुन्।

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको उक्त इजलासले उनको गिरफ्तारीलाई अमान्य र कानुनसम्मत नभएको बताएको छ ।

आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्नसमेत आदेश दिएको छ ।

उनलाई शुक्रबार ११ बजे अदालतमा उपस्थित हुन भनिएको छ । उनी पक्राउ परेपछि पाकिस्तानका विभिन्न सहरहरूमा प्रदर्शन चर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077