Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट दुई मन्त्री थपिए

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसीलाई मन्त्री नियुक्त गरेका हुन् ।

त्यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई पनि पाण्डेले मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार जीसीलाई आर्थिक मामिला र थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै माओवादीका जुग्जालीलाई भौतिक मन्त्रालयको जिम्मा दिइएको छ । एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पनि मन्त्री बनाउने भनिए पनि अहिलेसम्म टुंगो लागेको छैन ।

एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077