Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र : भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याईयोस्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्ररकणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

पछिल्लो समय सरकारले नक्कली शरणार्थी काण्डमा संलग्नहरूलाई पक्राउ गरेकोमा धन्यवाद दिँदै कारबाही प्रक्रिया नरोक्न उनीहरूले आग्रह गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठित रूपमा राज्यशक्तिको दुरुपयोग प्रकरणले सारा नेपालीलाई अन्तरराष्ट्रिय जगतमा शिर निहुर्याउनुपर्ने परिस्थिति सिर्जना गरेको राप्रपाको ज्ञापनपत्रमा उल्लेख गरेको छ।

साथै २०४६ सालपछि सत्तामा पुगेका नेता र उच्च पदमा पुगेका कर्मचारीको सम्पत्ति छानबिन गर्न समेत राप्रपाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077