Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जङ्गलको आगो घरमा सल्किदा अशक्त युवकको मृत्यु

काठमाडौं । जङ्गलमा लागेको आगो घरमा सल्किएर आगलागी हुँदा एक अशक्त युवकको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङका प्रेम नेम्बाङ रहेका छन् ।

बिहीबार अपराह्न ३:३० बजे लाक्सेबुङ जङ्गलमा लागेको झिल्काले खरको छानो भएको घरमा भेटेपछि आगलागी भएको थियो ।

मृतक मनकुमार मात्रै रहेको अवस्थामा आगलागी हुँदा निजको मृत्यु हुनुका साथै दुई तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077