Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

इमरान खान दुई हप्ताका लागि धरौटीमा रिहा

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान दुई हप्ताका लागि धरौटीमा रिहा भएका छन् ।

इस्लामबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट प्रकरणमा दुई हप्ताको लागि धरौटीमा रिहा गर्द आदेश दिएको हो।

मियांगुल हसन औरंगजेब र समन रफत इम्तियाजको संयुक्त इजलासले इस्लामाबादको क्षेत्राधिकारमा दर्ता भएका कुनै पनि मुद्दामा मे १७ सम्म पक्राउ नगर्न अधिकारीहरूलाई रोकसमेत लगाएको छ।

पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका उनको मुद्दामाथि सुनुवाई भएको थियो।

पूर्व प्रधानमन्त्री खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077