Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टोपबहादुर रायमाझीलाई खोज्‍न सिआइबीले लग्यो संसद्‍ सचिवालयको सीसीटीभी फुटेज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ ।

एमाले सांसद टोपबहादुर रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्न प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।

वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि सहयोगी मार्फत सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउपुर्जी जारी भएपछि फरार छन् ।

कांग्रेसका खाँण पक्राउ परेपछि एमालेले रायमाझीलाई सचिवबाट निलम्बन गरेको छ । सिआइबीले अनुसन्धानका लागि संघीय संसद् सचिवालय प्रवेशस्थल, सभामुखको सचिवालय आसपास कभर गर्ने सिसिटिभी फुटेज लगेको छ ।

फरार भएका कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने भएपछि सांसद पद जोगाउन रायमाझीले सहयोगी मार्फत आफू बिरामी भएकाले संसदमा उपस्थित नसकेको पत्र पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077