Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : मुम्बईसँग शीर्ष स्थानको गुजरात २७ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई हराएको छ ।

गएराति वाङखडेमा भएको खेलमा मुम्बईले गुजरातलाई २७ रनले हराएको हो । मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९१ रन बनायो ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

जितसँगै मुम्बई १२ खेलमा १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा कायमै रहेको गुजरातको १२ खेलमा १६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077