Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव छ । जसकारण देशका पहाडी भू–भागमा शनिबार आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ ।

दिउँसो बागमती, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा दिउँसोको तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आज राति भने देशैभरको मौसम सामान्यतया सफा रहने महाशाखाको भनई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077