Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : पञ्जाबको सहज जित, दिल्ली प्लेअफ होडबाट बाहिर

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ पुग्ने होडबाट दिल्ली क्यापिटल्स बाहिरिएको छ ।

गएराति दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा पञ्जाबले ३१ रनको जित निकालेसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ८ विकेट गुमाएर १३६ रनमा समेटियो ।

पराजितसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको छ। १२ खेलबाट ८ अंक जोड्दै तालिकाको पुछारमा रहेको दिल्लीले जारी सिजन ४ खेलमात्र जित्न सकेको छ । पञ्जाब भने दिल्लीलाई हराएर १२ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077