Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भ्रष्टाचारविरोधी आन्दोलनप्रति बालेनको असन्तुष्टि, भन्छन् - सडक नाटक धेरै देखिसक्यौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले भ्रष्टाचारविरोधी आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्चालमार्फत मेयर बालेनले यस्तो सडक नाटक धेरैपटक देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । शनिबार नागरिक अगुवाहरूको सक्रियतामा काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको थियो ।

जसमा प्रदर्शनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सांसदहरू पनि सहभागी भएका थिए । उक्त आन्दोललाई मेयर बालेनले यस्तो सडक नाटक धेरैपटक देखिएको भन्दै प्रदर्शनकारी र नेताहरूविरुद्ध तीखो टिप्पणी गरे ।

‘भ्रष्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ’, शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीधै लगेर बागमतीमा चोपाल्नुस्, यस्तो सडक नाटक धेरै देखिसक्यौँ हामीले, पत्याउदिनँ मचाहिँ।’

यस्तै उनले प्रदर्शनमा सहभागी नेताहरूलाई आन्दोलन गर्न होइन, भ्रष्टाचारीलाई सीधै कारबाही गर्न जनताले भोट दिएको पठाएको भनी सुझाव दिएका छन् ।

उनले उल्लेख गरेका छन्, 'तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउन लाई हो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077