Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको कर्नाटकमा कांग्रेसको १३६ सिटमा जित, भाजपा ६५ सिटमा खुम्चियो

एजेन्सी । भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय काङ्ग्रेसले स्पष्ट बहुमत ल्याएको छ ।

दुई सय २४ सदस्यीय विधानसभामा बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्नेमा काङ्ग्रेसले एक सय ३६ सिट जितेको छ ।

सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ६५ सिटमा खुम्चिएको छ । सत्तारुढ भाजपाले हार स्वीकार गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटक राज्यमा बहुमत हासिल गरेकोमा काङ्ग्रेसलाई बधाई दिए ।

कर्नाटकमा अघिल्लो चुनावमा भाजपाले एक सय चार सिट जितेको थियो । यस पटक काङ्ग्रेस ऐतिहासिक पुनरागमन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077