Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गर्ने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गर्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने भएका हुन् ।

सुरुमा संक्षिप्त रुपमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्ने र त्यसपछि बाँकी नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्ड पढ्नेबारे आईतबार बसेको शिर्ष दलका नेताहरुको बैठकमा सहमति भएको हो।

आगामी जेठ ३ गते संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बारेमा कार्यव्यवस्था परामर्श समितिले औपचारिक निर्णय लिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077