Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकीकृत समाजवादीले संसदीय समितिको नेतृत्व नगर्ने

    एकीकृत समाजवादीले संसदीय समितिको नेतृत्व नगर्ने

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 576
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख तीन वटा राजनीतिक दलले संसदीय समितिबारे सहमति जुटाएका छन् ।

    बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तीनै दलका सचेतकसहितको बैठकले संसदीय समितिको टुंगो लगाएको हो ।



    जस अनुसार संसदीय समितिमा नेकपा एकीकृत समाजवादीको भने उपस्थिति नरहने भएको छ ।



    सुरुमा संघीय संसद सचिवालयले एकीकृत समाजवादीसहित ७ दलको प्रतिनिधित्व सुनुवाई समितिमा रहने गरी प्रस्ताव ल्याएको थियो ।

    सहमति अनुसार एमालेले सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्तसहित ३ समितिको सभापति पाउने सहमित भएको छ ।

    योसंगै सुनुवाई समितिमा एमाले र कांग्रेसको सदस्य बराबर हुने भएका छन् ।

    प्रमुख तीन दलका बीचमा संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने सहमति छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार