Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हतियार बनाउने सामानसहित अवैध ७७ पेस्तोल बरामद

एजेन्सी । अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा अफगान सुरक्षा बलले ७७ थान पेस्तोल बरामद गरेको छ ।

हातहतियार तस्करी नियन्त्रणका लागि चलाईएको अभियानमा ठूलो मात्रामा हतियार बनाउने सामानसहित अवैध ७७ थान पेस्तोल बरामद गरिएको हो ।

प्रान्तीय प्रहरी कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार कथित तस्करहरूले अवैध रूपमा हतियारहरू प्रदेशबाहिर सार्ने प्रयास गरिरहेका थिए, तर शनिबार राति डान्ड–ए–पाटन जिल्लामा नियमित जाँचको क्रममा प्रहरीले उनीहरूलाई रोकेको थियो।

तस्करहरू भाग्न सफल भएको स्वीकार गर्दै विज्ञप्तिमा दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउने प्रयास भइरहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077