Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई काठमाडौं प्रहरी परिसर ल्याइयो

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ ।

प्रहरी स्रोतका अनुसार हिरासतमा राख्नुअघि सांसदसमेत रहेका रायमाझीको स्वास्थ्य परिक्षणको तयारी अघि बढाइएको छ । उनलाई अहिले नै काठमाडौंको भिड कम भएको अस्पताल लगेर स्वास्थ्य जाँच गराउन लागिएको बताइएको छ ।

बूढानिलकण्ठस्थित पासीकोटबाट पक्राउ परेका रायमाझीलाई लगत्तै परिसर ल्याइएको थियो । उनीविरुद्ध गत वैशाख २० गते पक्राउ पूर्जी जारी भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077