Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज बयान लिने तयारी

    भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज बयान लिने तयारी

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 450
    SHARES

    काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको आज बयान लिइने भएको छ ।

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका उनको आज बयान लिइन लागिएको हो ।



    वैशाख २७ गते नै पक्राउ परेका खाँणको बयान हुन सकेको थिएन । घटनाका सम्बन्धमा प्रहरीले सोधपुछ गरे पनि उनको बयान भने ‘रेकर्ड’ गरिएको थिएन ।



    सरकारी वकिल समेतको उपस्थितमा प्रहरीले सोमबार खाँणको बयान लिन लागेको बताइएको छ । सम्भव भएसम्म खाँणको बयान सोमबार नै सक्ने प्रहरीको तयारी छ ।

    यस्तै आजै आइतबार साँझ बुढानीलकण्ठको पासिकोट भन्ने स्थानबाट पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराउने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार