Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अग्नी सापकोटा नेतृत्वमा माओवादी केन्द्रका नेताहरु चीन जाँदै

काठमाडौं । पूर्वसभामुख अग्नीप्रसाद सापकोटाको नेतृत्वमा नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सापकोटाको नेतृत्वको करिब २० जना नेताहरु शुक्रबार चीन जान लागेको हो।

भ्रमणका क्रममा सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन्।

पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि उपचारका लागि बेइजिङमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077