Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भ्रष्टाचारविरुद्ध एमाले निकट युवा विद्यार्थीको संयुक्त प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा विद्यार्थीहरुले काठमाडौंको भृकुटीमण्डपमा भ्रष्टाचारविरुद्ध संयुक्त रुपमा प्रर्दशन गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा शीर्ष नेताहरु पक्राउ परिरहेको अवस्थामा अखिल नेपााल स्वतन्त्र विद्यार्थी युनियन र राष्ट्रिय युवा संघ नेपालले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका साथ प्रदर्शन गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले आईतबार पक्राउ गरेको छ ।

प्रदर्शनमा एमाले नेताहरु महेश बस्नेत, ठाकुर गैरे, विशाल भट्टराई, सुजाता शाक्य, अनेरास्ववियु अध्यक्ष समिक बडाल लगायत सहभागी छन् ।

उनीहरुले दस वर्षें माओवादी युद्धका अयोग्यका लडाकुलाई सरकारले दुई लाख दिने निर्णय, वाइडबी खरिद प्रकरण, सीसीटीभी फुटेज गायव प्रकरण लगायतको छानबिन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077