Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउन एमाले सांसद गैरेको माग

काठमाडौं । नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान​बारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद ठाकुर गैरेले भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषयमा सदनमा जारी दिन माग गरेका हुन् ।

गैरेले भने, 'यस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्‌मा यति छानबिन भएको छ यति प्रगति भएको छ नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ । आज भ्रष्टाचारविरुद्ध देश आन्दोलित छ । अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको छ ।'

सांसद गैरेले नक्कली शरणार्थीसम्बन्धी जघन्य अपराधको अनुसन्धानबारे सरकारको जवाफ माग गरे । उनले सरकारको जवाफ आएपछि मात्र सदनको कारवाही अगाडि बढाउन सभामुखको ध्यानाकर्षणसमेत गराए ।

एमालेले संस्थागत निर्णय गरेर दोषीलाई कारवाही गर्न माग गरेको स्मरण गराउँदै जघन्य अपराधको निश्पक्ष छानबिन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077