Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी सरकारी वकिलको कार्यालयमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीलाई प्रहरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगेको छ।

म्याद थपका लागि अदालतमा जानुअघि रायमाझीलाई सरकारी वकिलको कार्यालमा लगिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको थियो ।

अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्नका लागि उनलाई सरकारी वकिल कार्यालयमा लगिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077