Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले सचिव टोपबहादुर रायमाझी सांसदबाट निलम्बित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित भएका छन्।

सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।

यसअघि एमाले सचिव पदबाट निलम्बित भएका उनलाई सोमबार सांसद पदबाट पनि निलम्बन गरिएको छ।

संसद् सचिवालयले उनको पक्राउबारेको जानकारी सभामुखलाई उपलब्ध गराइएसंगै सभामुखले उक्त पत्र संसद्‌मा पढेर सुनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077