Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कृषिमन्त्री भुसाल र चिनियाँ राजदूत सोङबीच भेट, नेपालबाट सुन्तला र घाँस लैजान चिन तयार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

सोमबार मन्त्री भुसालसँग चिनियाँ राजदूत सोङले मन्त्रालयमै शिष्टचार भेट गरेका हुन् ।

भेटघाटका क्रममा मन्त्री भुसालले राजदूत सोङसँग चीनले हालका वर्षहरुमा गरेको अभूतपूर्व विकासबाट आफू प्रभावित भएको भन्दै आगामी दिनमा नेपालको कृषि क्षेत्रमा समेत थप सहयोग गर्न आग्रह गरे ।

सन् २०१९ मा हस्ताक्षर भएको सुन्तला जात फलफूल निर्यात सम्बन्धि प्रोटोकल र २०२२ मा हस्ताक्षर भएको हाइलेस घाँस निर्यातसम्बन्धी प्रोटकलको पनि कार्यान्वयन गर्नुपर्नेमा मन्त्री भुसालले राजदूत सोङको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा चिनियाँ राजदूत सोङ्ले कृषि र पशुपालनको क्षेत्रमा नेपाललाई सहयोग गर्न चीन सरकार तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077