Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

म्याद थप लगत्तै सरकारी वकिलको कार्यालयमा रायमाझीको बयान

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिन थालेको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंबाट तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसलगत्तै उनलाई सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको छ ।

आजै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको थियो ।

उनको बयान अझै पुरा नभएकाले मंगलबार पनि जारी रहने बताइएको छ । भुटानी शरणार्थी प्रकरणमा आइतबार राजधानीको बूढानीलकण्ठबाट रायमाझी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077