Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

साथीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती र साथीलाई जन्मकैद

सप्तरी । श्रीमानको हत्यामा संलग्न सप्तरीको विष्णुपुर गाउँपालिका-५ कट्टी टोलकी इनरवती महतोलाई जन्मकैदको सजाय सुनाइएको छ ।

रामसुन्दर महतोको हत्या आरोपमा इनरवतीलाई जन्मकैदको सजाय सुनाइएको हो ।

इनरवती संलग्न रहेको हत्या घटनाका मुख्य अभियुक्त सप्तरीको रूपनी गाउँपालिका-१ रूपनी चौकका ३८ वर्षीय नाजिर मियाँ भनिने नासिर मियाँलाई समेत जन्मकैद सजायको फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका-१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा २०७८ असोज ९ गते रामसुन्दर महतोको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077