Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको आज पनि लिइँदै बयान

    भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको आज पनि लिइँदै बयान

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 501
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सोमबार नसकिएपछि आज पनि लिइँदैछ । पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो ।

    उनको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो । सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमबार बयान नसकिएको भन्दै मंगलबार पुनः उनको बयान लिन लागिएको हो ।



    मोबाइलको फरेन्सिक ल्याबबाट रिपोर्ट ल्याएपछि उनको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो । गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको थियो ।



    यस्तै आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका टोपबहादुर रायमाझीको पनि सोमबारै बयान लिइएको थियो । उनीहरूसहित १३ जनालाई अदालतले दिएको म्याद बुधबार सकिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार