Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतको आसाम पुर्‍याई युवती बेचबिखन गर्ने एलिना पक्राउ

काठमाडौं । भारतको आसाम पुर्‍याई युवती बेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

झापामा पक्राउ परेकी खत्रीमाथि गरिएको अनुसन्धानमा नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पुर्‍याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ ।

त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो ।

पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा आजै अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077