Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर एकै परिवारका चारजना घाइते

दैलेख । दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् ।

राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनीहरुलाई गएराति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077