Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीसमक्ष आत्मसमर्पण गरेका शेर्पाको टाउकोमा हिरासतमै कसरी लाग्यो चोट ?

काठमाडौं । प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा मुछिएपछि उनले सोमबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेका थिए ।

तर प्रहरी परिसर काठमाडौंको हिरासतमै रहेका बेला शेर्पाको टाउकामा चोट लागेको देखिएको हो । टाउकोमा चोट लागेपछि प्रहरीले मंगलबार बिहान ४ बजे शेर्पालाई ट्रमा सेन्टर लगेको प्रहरी स्रोतले बतायो ।

शौचालयमा लडेका कारण लामाको टाउकोमा चोट लागेको बताइएको छ । भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिएपछि प्रहरीले वैशाख ३१ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नबोल्न दबाब दिएको आरोप शेर्पालाई लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077