Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीको बयान सकियो

काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीको बयान सोमबार अबेर रातिसम्म गरेर सकिएको हो ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो ।

रायमाझीको बयान पुरा भएको सरकारी वकिल कार्यालयले जनाएको छ । रायमाझी आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका थिए।

उनलाई सोमबार काठमाडौं जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077