Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अर्थतन्त्रमा अहिलेको सूचकबारे अर्थमन्त्रीसँग छलफल गरिने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरूमा बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ ।

मंगलबार कांग्रेस सांसद सन्तोष चालिसेको सभापतित्वमा सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरूमा बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो ।

समिति सदस्य ज्ञानेन्द्र शाहीका अनुसार अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरूसँग छलफल गरि बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको छ ।

त्यस्तै, समितिलाई पूर्णरुपमा डिजिटल प्लेटफर्ममा लैजाने विषयमा पनि छलफल भएको शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077