Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्राधिकरणले भन्यो- इन्टरनेट शुल्क बढाउने सूचना निकालिएको छैन, आफूखुसी नबढाउनु

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको मूल्य आफूखुसी नबढाउन सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

इन्टरनेट सेवा प्रदायकहरुले आपसी मिलेमतोमा इन्टरनेट सेवाको शुल्क बढाउने सहमति गरेको र शुल्क बढाएको भन्ने जानकारीमा आएको भन्दै प्राधिकरणले त्यस्तो नगर्न भनेको हो।

हाल कुनै पनि सेवा प्रदायकलाई महसुल बढाउने अनुमति नदिएकाले इन्टरनेट सेवा प्रदायकहरुलाई शुल्क नबढाउन निर्देशन दिइएको हो।

केही इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणको निर्देशन भन्दै शुल्क बढाउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077