Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रेशम चौधरीको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीको मुद्दामा आज बहस सकिएको छ ।

सोमबार चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो । न्यायाधीशद्वय भट्टराई र सुवेदीको इजलासमा सुरु भएको सुनुवाइ नसकिए पछि हेर्दाहेर्दैमा राखिएको थियो ।

उक्त मुद्दामा आज सुनुवाइ सकिएको हो । बहस सकिएपछि सकेसम्म आजै फैसला आउनसक्ने बताइएको छ । चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् ।

उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दामा रेशम चौधरीसहित ११ जनालाई कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077